पानीसित यी कुरा मिलाएर पिउनु लाभदायक हुनेछ

प्रकाशित मिति:

पानी पिउनु स्वास्थ्यका लागि आवश्यक छ । हाम्रो शरीरको दुई तिहाइ हिस्सा पानीबाट बनेको हुन्छ । दिनमा १० देखि १२ गिलास पानी पिउँदा शरीरलाई रोगमुक्त गर्न सकिन्छ ।पानी पिउँदा शरीरबाट विषालु पदार्थ बाहिर निस्कन्छ र स्वास्थ्यसम्बन्धी समस्या भाग्छन् ।

हुन त केही मानिसलाई पानी पच्दैन र समस्या आइलाग्छ । पानी पिउने पनि नियम हुन्छन् । सधैं बिस्तारै एक एक घुट्को गर्दै पानी पिउनुपर्छ । यसमा तल बताइएका चीज मिसाएर पिउँदा सजिलै पच्छ ।

जीरा, धनिया र सूप
यी तीनै कुराका पाँच पाँच दाना एक कप पानीमा हालेर उमाल्नुस् । अनि यो उम्लेको मिश्रणका थोपा प्रत्येकचोटि पानी पिउँदा प्रयोग गर्नुस् । यसले स्वाद पनि राम्रो बनाउँछ र पानी पनि सजिलै पच्छ ।

अलैंची र पुदिना
गर्मीमा पानीमा अलैंची र अलिकति पुदिनाका पातहरू मिसाएर पिउनुस् । पुदिनाको चिया वा चीसो पानीमा पुदिना हालेर पिउँदा लूबाट बच्न सकिन्छ । पुदिनाले पेटको समस्या पनि हटाउँछ ।

मह
पानीमा आधी चम्चा मह हालेर पानी पिउँदा तौल घट्छ । मह स्वास्थ्यका लागि लाभदायक छ । यसले कफ र खोकी पनि ठीक पार्छ ।

अदुवा
अदुवामा जिंक हुन्छ । बिहान खाली पेट एक गिलास पानीमा एक चुटकी अदुवाको धूलो हालेर पिउँदा मेटाबोलिजम बढ्छ । पेटमा ग्यास पनि जम्न पाउँदैन ।

एप्पल साइडर भिनेगर
एप्पल साइडर भिनेगरमा भिटामिन सी हुन्छ । पानीका केही थोपामा स्याउको अमिलो पिलाएर पिउँदा स्वाद पनि बढ्छ र पेट पनि राम्रो हुन्छ ।