ओखर खाँदा हुनेछन यस्ता फाईदा

प्रकाशित मिति:

एजेन्सी -अमेरिकामा गरिएको एक अध्ययनले ओखर खाँदा डिप्रेसन अर्थात् अवसादको खतरा कम हुने अनि एकाग्रताको स्तर बढ्ने देखाएको छ ।क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकतौहरूले ओखर खाने व्यक्तिमा डिप्रेसनको स्तर २६ प्रतिशतले घट्ने भने यस्तै खालका अन्य खानेकुरा खाँदा ८ प्रतिशतले घट्ने पाएका छन् ।

अध्ययनको निष्कर्ष न्युट्रियएन्ट जर्नलमा प्रकाशित भएको छ । ओखरले शारीरिक ऊर्जामा वृद्धि र एकाग्रता बढाउँछ । विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता लेनोर अरबले अध्ययनमा संलग्नमध्ये एक वयस्क जीवनमा एक न एकचोटि डिप्रेसनग्रस्त भएको बताए ।अरबका अनुसार, ओखरमाथिको अनुसन्धान मुटुरोगका सम्बन्धमा गरिएको थियो भने अहिले यसलाई डिप्रेसनको लक्षणसँग जोडेर हेरिएको छ । अध्ययनमा २६ हजारभन्दा बढी अमेरिकी वयस्कहरूलाई संलग्न गरिएको थियो ।