‘केजीएफ २’ मा रवीना भित्रिइन्

१५ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


यश स्टारर कन्नड फिल्म ‘केजीएफ’ च्याप्टर १ को सिक्वेलको अहिले धमाधम छायांकन भइरहेको छ । पहिलो पार्ट सुपरडुपर हिट भएपछि मेकर्सले ‘केजीएफ २’ को ठूलो स्केलमा प्लान गरिरहेका छन् । फिल्ममा बलिउड अभिनेत्री रवीना टण्डनलाई कास्ट गरिएको छ । तर, फिल्ममा उनको रोललाई लिएर भने कुनै खुलासा भएको छैन ।

प्राप्त जानकारी अनुसार, ‘केजीएफ २’ मा रवीनाले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाउने छिन् । फिल्मका लागि उनको यो रोल निकै महत्त्वपूर्ण रहेको बताइएको छ । सिक्वेल फिल्म पहिलो पार्टभन्दा हरेक हिसाबले उत्कृष्ट हुनेछ । ठूलो बजेटमा निर्माण हुने यस पीरियड ड्रामालाई प्रशान्त नीलले निर्देशन गरिरहेका छन् । केजीएफ’ लाई हिन्दी अडियन्सले निकै रुचाएका थिए । बक्सअफिसमा यसको टक्कर शाहरुख खान(कटरीना कैफ(अनुष्का शर्मा स्टारर फिल्म ुजीरोु सँग भएको थियो । यसको बावजूद पनि ‘केजीएफ’ ले भारतमा लोभलाग्दो व्यापार गरेको थियो । यशको अभिनयको निकै प्रशंसा भएको थियो । फिल्ममा उनको रफ र इन्टेस लुक इन्प्रेसिभ थियो ।

‘केजीएफ’ का फ्यान दोस्रो पार्टको व्यग्र प्रतिक्षामा छन् । यसको दोस्रो पार्टमा रवीनासँगै अभिनेता सञ्जय दत्तको नाम पनि बाहिर आएको थियो । तर, उनले अहिलेसम्म फिल्म गर्न लागेको विषयमा कुनै आधिकारिक जानकारी दिएका छैनन् । यसकारण उनको कास्टिङलाई लिएर सस्पेन्स उस्तै छ । ‘केजीएफ २’ आउँदो वर्ष प्रदर्शनमा आउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया