सलोनसँग बिहे गर्न चाहन्थिन् पूजा

प्रकाशित मिति:

काठमाडौँ -जीवन्त अभिनय गर्ने कलाकार हुन्, पूजा शर्मा र सलोन बस्नेत । पूजाले हरेक फिल्ममा आफ्नो अभिनयमा निखारता प्रदान गर्दै आइरहेकी छिन् । भने, उनमा आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने ल्याकत पनि छ । सलोनको भने हरेक फिल्ममा अभिनयको गजबले प्रशंसा हुने गरेको छ । उनी भएको फिल्ममा लिड रोल नै छाँयामा पर्ने गर्दछन् ।

अभिनयको माध्यमबाट लोभलाग्दो फ्यान फलोइंग बनाएका पूजा र सलोनले अहिलेसम्म साथमा फिल्ममा काम गर्ने अवसर पाएका छैनन् । सुदर्शन थापाले फिल्म ुम यस्तो गीत गाउँछु २ु मा अभिनेता पलसँगै दुईलाई लिने घोषणा गरेका थिए । तर, यो फिल्म बन्ने सम्भावना विस्तारै टर्दै गएको छ । वास्तविक जीवनमा निकै मिल्ने साथी रहेका दुईलाई एक फिल्मको गीतमा भने ठुम्का लगाउँदै देख्न पाइने भएको छ ।

शोभित बस्नेतको निर्देशनमा बनिरहेको फिल्म ‘बद्रीबहादुर’ को ‘पुलिस दाई’ बोलको गीतमा दुईले साथमा नृृत्य गरेका छन् । पूजा फिल्मको गीतमा मात्र देखिनेछिन् । गीतमा सलोन इन्स्पेक्टरको पहिरनमा प्रस्तुत छन् । निर्देशक शोभितले गीतमा एक स्टार अभिनेत्री चाहिने भएका कारण पूजालाई रोजिएको बताए । उनले पूजासँग ुरामकहानीु र म यस्तो गीत गाउँछुु मा स्क्रिन साझेदारी पनि गरेका छन् । पूजा आफूले सलोनले अभिनय गरेका कुनै फिल्म नछुट्याएको बताउँछिन् । उनी भन्छिन्, ुउसले बाल कलाकारको रुपमा अभिनय गरेका फिल्म हेरेर त म धेरै रोएको छु । म ऊदेखि फिदा थिएँ । ऊसँग मलाई बिहे गर्ने रहर समेत पलाएको थियो । म उसको अभिनयबाट निकै प्रभावित छु ।ु उनले सलोन फिल्मको पिल्लर रहेको पनि बताइन् । सलोन पनि अभिनेत्री पूजाको प्रशंसा गरेर थाक्दैनन् । बद्रीबहादुर’ को ‘पुलिस दाई’ गीतमा टंक बुढाथोकीको स्वर, शब्द तथा संगीत छ । शिव विकको कोरियोग्राफीमा पूजा र सलोनले कम्मर मर्काएका छन् । विनोद सापकोटाले गीतको छायांकन गरेका हुन् । गीतमा पूजा र सलोनसँगै जयकिशन बस्नेतले पनि नृत्य गरेका छन् । छुल्ठिम गुरुङ, राजिवजंग बस्नेत, धिरेज शाक्य, लय संग्रौलालगायतका कलाकारहरु फिल्ममा अभिनय छ ।