राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

प्रकाशित मिति:

काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई १२ औँ गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनभावनाको कदर गर्दै संविधान र कानुनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्त्वपूर्ण घडी आएको बताउनुभएको छ ।

जारी सन्देशमा भनिएको छ(‘विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभइ जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ । यो सबैका निम्ति गौरवको विषय हो ।’उहाँले देशमा सुशासन, द्रुततर आर्थिक, सामाजिक विकाससहित समृद्धि हासिल गर्न सबै नेपालीको उत्तरदायित्व भएको बताउनु भएको छ । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपश्चात् देशमा सुशासन, द्रुततर आर्थिक, सामाजिक विकाससहित समृद्धि हासिल हुन्छ भन्ने आम नेपालीको अपेक्षा साकार पार्नु हामी सबैको सामूहिक उत्तरदायित्व हो ।’ जारी सन्देशमा भनिएको छ ।

उहाँले संवैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर बने पनि बताउनु भएको छ र मुलुकका समग्र विकास र समृद्धिका लागि आ(आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबै नेपालीलाई अनुरोध पनि गर्नु भएको छ ।जारी सन्देशमा भनिएको छ( ‘सामाजिक न्याय र समानतामा आधारित समाजबादउन्मूख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर बनेको परिवेशमा समृद्धि हासिल गर्ने अभिभाराले मूर्तरूप लिनेछ भन्नेमा विश्वस्त छु । मुलुकका समग्र विकास र समृद्धिका लागि आ आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबै नेपाली दाजु भाइ दिदीबहिनीलाई अनुरोध हार्दिक आव्हान गर्दछु । ‘