घरायसी झगडामा ढुङ्गा प्रहार गर्दा एकको मृत्यु

प्रकाशित मिति:

पोखरा -कास्कीमा मङ्गलबार ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु भएको छ । माछापुच्छे« गाउँपालिका–७ ओखरबोटका ६५ वर्षीय सन्ते विकले घरायसी झगडामा ढुङ्गा प्रहार गर्दा एकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५२ वर्षीय गोरे भनिने मानकाजी विक रहेका छन् । बिकको मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । ढुङ्गा प्रहार गर्ने सन्तेलाई प्रहरीले पक्राउ गरेको छ  मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।