यसरी मनाइयो गणतन्त्र दिवस

प्रकाशित मिति:

बुटवल, १५ जेठ । प्रदेश ५ सरकारले १२ औं गणतन्त्र दिवस बुटवलमा मनाएको छ । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा बुधवार विहान विभिन्न झांकीसहित ¥याली निकालेर गणतन्त्र दिवस मनाइएको हो । बुटवलको राजमार्ग चौराहाबाट दर्जनौं संघसंस्थाको सहभागितामा निस्केको ¥याली बुटवल मण्डपमा पुगेर मुल समारोहको आयोजना गरिएको थियो । ¥यालीमा नेपाल प्रहरी, नेपाली सेना, शसत्र प्रहरी समेतको सहभागिता थियो । दिवस मनाउने कार्यक्रमको सहआयोजक बुटवल उपमहानगरपालिका समेत रहेको थियो ।

सो अवसरमा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अब वित्तीय संघीयता कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको भन्दै उनले प्रदेश सरकार अघि बढ्ने बलियो आधार खडा भएको बताए ।