रेसुङगा नगरपालिकाले मिलोमतोमा २५ लाख थप गरेको भन्दै , कार्यपालिका सदस्यद्वारा पत्रकार सम्मेलन 

प्रकाशित मिति:

मनोज कार्की  जेठ १४ गुल्मी  – गुल्मिको रेसुङा नगरपालिकाले कार्यपालिकाको निर्णय बिनानै मन परेका वडाहरुमा २५ लाख रकम थपेको कार्यपालिका सदस्यले बताएका छ्न । कार्यपालिकाको निर्णय विपरित रकम एक्कासी थपिएको थाहा पाएपछि आफुहरुले जेठ १० को कार्यपालिका बैठक बहिस्कार गरेको बताएका छ्न ।

जिल्लाको रेसुङ्गा नगरपालिकामा नेपाली काग्रेसबाट बिजयी भएका नगर कार्यपालिका सदस्यहरुले तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा पत्रकार सम्मेलनमा बिना प्रक्रिया नै बजेट थपेको बताएका हुन । नगरपालिकाले विधि र प्रक्रिया बिना नगरपालिकाका केही वडाहरुमा बजेट थप गरेको सदस्यहरुले दाबी गरेका छन । आर्थिक वर्ष ०७५-७६ का लागि नगर कार्यपालिकाको बैठकले १ करोड १० लाख बजेट बिनियोजित गरेको थियो । पत्रकार सम्मेलनमा रेसुङगा नगरपालिकाले कार्यपालिको निर्णय बिना बजेट थप गर्ने कसैलाइ पनि अधिकार नभएको कार्यपालिका सदस्यहरुले बताए।

२५ लाख रकम कार्यपालिका प्रमुखसँगको मिलोमतोमा नगरप्रमुखले बिधि र प्रक्रिया बिना रु २५ लाख रुपैँया थप गरेको बताएका हुन ।
हामी कार्यपालिका सद्स्य बिना त्यसरी २५लाख रकम आफुलाइ मन परेका वडाहरुमा थप गरिएको भन्दै आपत्ती जनाएको रेसुङ्गा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक समेत रहेका थम्मन केसिले बताए । नगरप्रमुख डिल्लीराज भुसालका अनुसार आफु विधि र प्रक्रियाबाटै अगाडी बढेको बताएका छ्न । यतिबेला रेसुङ्गा नगरपालिकामा खानेपानीको हाहाकार मच्चिरहेको बेला त्यसको समस्या समाधानका लागि नगरभित्रकै कार्यपालिकाबाट पारित भएका योजनाहरुमा रकम नगर प्रमुख भुसाले दाबी गरे । नगरपालिका कार्यकालिका को निर्णय विधि र प्रक्रिया बाटै अगाडि बढेको र नगरपालिकाको विकासका योजनामा विरोध नगर्न नगर प्रमुख भुसालले अपिल गरेका छ्न ।