बच्चा अपहरण गरी हत्या गर्नेमाथी गोली प्रहार

प्रकाशित मिति:

काठमाडौं । ८ बर्षीय बालक करण शाहलाई अपहरण गरी हत्या गर्ने हत्याराहरुलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । गत १० गते शुक्रबार विहानको १० बजे बीरगंजबाट अपहरणमा परेका बालकको कैलैया नगरपालिका वडा नम्बर ११मा लगेर २ घण्टापछि हत्या गरिएको थियो ।

२ नम्बर प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अपहरणकारीको खोजी गरिरहेको थियो । शुक्रबार रातीमात्र प्रहरीलाई खबर आएपछि प्रहरी यो कार्यमा खटिएको थियो । अपहरणकारीहरुले बच्चाको हत्या गर्नु अगाडी नै बच्चाको बोली रेकर्ड गरेर हत्या गरेका थिए । त्यसपछि उक्त अडियो सुनाएर फिरौती मागिएको थियो ।

प्रहरीका अनुसार भारत विहार घर भएका बिकास शर्मा, कलैया नगरपालिका वडा नम्बर ८ भएका राम बिनेश महतो, बारा कलैयाका शिकेन्द्र शाहले अपहरणपछि हत्या गरेका थिए । अपहरणकारीलाई पछ्याउँदै गएको प्रहरीको टोलीलाई देखेर भाग्न खोजेपछि उनीहरुलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बिकास शर्मा र शिकेन्द्र शाहमाथी गोली प्रहार भएको छ ।