रिद्धिसिद्धिमा लगानी र सेवा थपिंदै

प्रकाशित मिति:

बुुटवल, १५ जेठ । रुपन्देहको शुुद्धोधन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरस्थित रिद्धिसिद्धि पार्टी प्यालेसले आफ्नो लगानी र सेवा विस्तार गरेको छ । विगत ५ वर्षदेखि ग्रामीण क्षेत्रमा रहेर सेवा प्रवाह गर्दै आइरहेको पार्टी प्यालेसले एक करोड रुपैयां लगानीमा सुविधासम्पन्न स्वीमिङ पुुल सञ्चालनमा ल्याएको छ ।  युवा र बालबालिकाका लागि पौडी खेल्न छुुटटा छुुटटै स्वीमिङ पुुल बनेका छन् । एक करोड लगानीमा स्वीमिङ पुुल सञ्चालनमा ल्याइएको पार्टी प्यालेसका सञ्चालक केशव कंडेलले बुुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए । स्वीमिङ पुुल निर्माणसँगै पार्टी प्यालेसको लगानी ५ करोड रुपैयाँ पुुगेको कंडेलले बताए ।

स्वीमिङ पुुलमा पौडी खेल्न २ सय ५० रुपैयाँ शुुल्क राखिएको छ । यो शुल्क जिल्लामै सस्तो रहेको कंडेलको दावी छ । रिद्धिसिद्धिको स्वीमिङ पुुल शुुद्धोधन गाउँपालिकाकै पहिलो व्यवसायिक स्वीमिङ पुुल रहेको कंडेलले दावी गरे । लुुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई शुुद्धोधनसम्म ल्याउने अभियान सञ्चालन गर्न आवश्यक रहेको वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कंडेलले बताए । पार्टी प्यालेसले १९ जनालाई रोजगारी समेत दिएको छ । पार्टी प्यालेसमा ५ सय जना अट्ने क्षमताको हल र १ सय २५ जना अटने मिनि गरी दुुई वटा सभा हल पनि छन् । १२ कठ्ठा क्षेत्रफलमा फैलिएको पार्टी प्यालेसमा पाहुनाका लागि वातानुकूलित ४ वटा कोठा रहेकामा १० वटा थप गरी १४ वटा पुुयाउँदै छ ।