भीरकोटमा मनाईयो १२ औं गणतन्त्र दिवस

१५ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


चुत्र महत १५ जेठ ,भीरकोट  – भीरकोट स्थानीय सरकारले १२ औं गणतन्त्र दिवसको अवसरमा नगरपालिका स्तरीय आरआर टी गठन तथा पूर्ण खोप सुुनिश्चतता दीगोपना नगर घोषणा गरी गणतन्त्र दिवस मनाएको छ । नगरपालिकाका ९ ओटै वाडका १५ महिना भन्दा माथी र २३ महिना भित्रका सम्पूर्ण वालवालिकाहरुले पूर्ण खोप प्राप्त गरे पश्चात नगरलाई पूर्णखोप सुनिश्चतता दिगोपना नगर घोषणा गरीएको हो ।
सो अवसरमा वोल्दै नगर प्रमुख छायाराम खनालले धेरै विरहरुको वलिदानले प्राप्त गरेको गणतन्त्र दिवसको दिन शहिदलाई साची राखी गरीएको घोषणालाई अनिर्वाय रुपमा कायम गरीपूर्ण खोप सुुनिश्चतता दीगोपना राख्ने प्रतिवद्धता गर्नु भएको छ ।

साथै प्रमुख खनालले शहिदको भावाना र गणतन्त्रलाई जिवन्त राख्न र नयाँ संविधान अनुसार गठित संघिय पद्धतीलाई दिगोरुपमा विकसित भएर जानको लागी सवै जिम्मेवारी भएर अगाडी वढ्नुपर्ने वताउनु भयो ।  घोषणा सभामा वोल्दै नगर उप प्रमुख सिमा केसी कर्माचार्यले विभिन्न किसिमका धेरै आन्दोलनहरु वाट प्राप्त भएको संघिय लोकतान्त्रीक गणतन्त्र लाई संस्थागत गर्नु सवैको उत्तीकै कर्तव्य रहेको वताउनु भयो ।

घोषणा सभामा नगर प्रवक्ता एवम वडा न १ का वडा अध्यक्ष दिपेन्द्र केसी, नगरकार्यपालिका सदस्य विष्णुमाया काफ्ले लगायतले त्याग र तपश्या पश्चात प्रयाप्त भएको संघिय गणतन्त्र देशलाई खापे नखापेको अवको केही समय पछि छर्लङ्ग हुने वताए ।  नगर प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्ननगरपालिका स्तरीय आरआर टी गठन तथा पूर्ण खोप सुुनिश्चतता दीगोपना नगर घोषणा एवं १२ औं गणतन्त्र दिवस कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना र स्वागत नगर उप प्रमुख सिमा केसी कर्माचार्यले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया