योगराजले बनाएको टिक टक ले चर्चा पाउदै

प्रकाशित मिति:

सुदिप गौतम- बुटवल पछिल्लो समय निकै नै लोकप्रिय बनेको टिक टक बिषयमा म्युजिक भिडियो निर्माण भएको छ ।युवा युवति केटा केटि सबैले अभिनय गर्न सिक्ने र अरुको अभिनय हेर्ने मनोरंजन लिने रमाइलो प्रबिधि टिकटक लाई आधार बनाएरै बुटवलका एक प्रध्यापक योगराज पोखरेलले म्युजिक भिडियो निर्माण गरेका छन् ।

त्यसो त योगराज पोखरेल मोफसलको राजधानी बुटवलमा गायन विधामा निकै चर्चित छन् । समाजको चित्रणलाई जस्ताको तस्तै गीत संगीतमा रुपान्तरित गर्दै उनले अहिले सम्म दर्जनौ गीत बनाएका छन् भने, दर्जनौ गीतमा आफ्नो सुरिलो आवाज भरेका पनि छन् ।

पेशाले उनि एक प्रध्यापक भएता पनि नेपाली लोक संगीतको मौलिकपन लाई उनले सधै मध्यनजर गर्दै मौलिकपन बचाउनको लागी नेपाली लोक संगीतमा बिगत लामो समय देखि अनवरत रुपमा लागि परेका छन् । यसै क्रममा उनी गायक पोखरेलले टिक टक नामक म्युजिक भिडियो बजारमा लिएर आएका छन् । नेपाली गीत संगीतमा निकै लोक प्रिय एबम मधुर आवाजकी धनि गायिका मेलिना राई गायक योगराज पोखरेलको आवाजमा रहेको गीतमा गायक पोखरेलकै शब्द तथा टिकाराम गौतम को लय रहेको छ ।अडियो तथा भिडियो युनिक मुभीजले तयार पारेको हो । भिडियोमा चर्चित मोडल रुपा कंडेल विजय पोखेरलको अभिनय देख्न पाइन्छ । मोफसलका चर्चित निर्देशक लोकेन्द्र शाहको निर्देशन रहेको म्युजिक भिडियोमा छायांकन तथा सम्पादन सुमन थापाको रहेको छ ।युनिक मुभिज बुटवलको युट्युब च्यानलबाट सार्बजनिक गरिएको गीत टिक टकले धेरै भन्दा धेरै सफलता हात पारोस हाम्रो शुभ कामना ।।

https://www.youtube.com/watch?v=G6NaN8d8y90