हेलो जिन्दगीुमा श्वेताको ठाउँमा प्रियंका अनुबन्धित

प्रकाशित मिति:

काठमाडौँ चलचित्र ‘हेलो जिन्दगी’मा अभिनेत्री श्वेता खड्काको स्थानमा प्रियंका कार्कीलाई लिइने भएको छ । स्वास्थ्यस्थितीमा सुधार नआएका कारण उनको ठाउँमा अर्की नायिका अनुबन्धित भएकी छन् ।सुटिङका लागि लण्डनमा गएको समयमा श्वेतालाई अचानक घाँटीमा समस्या आएको थियो ।

चिकित्सकले चेकजाँचमा ट्युमर भएको पत्ता लगाएपछि उनको केहि समयअघि दिल्लीमा घाँटीको सल्यक्रिया गरिएको थियो ।सल्यक्रियापछि श्वेताको सोचेअनुरुप स्वास्थ्यमा सुधार नआएपछि उनकै सल्लाहमा फिल्ममा अकी अभिनेत्री राख्ने निर्णय भएको हो ।श्वेताको स्वास्थ्यमा सुधार आएपछि यो चलचित्रको बाँकी छायांकन गरिने भन्दै तीन सातादेखि यसको सुटिङ स्थगित गरिएको थियो । तर, आफ्नो स्वास्थ्यमा सोचेअनुसारको सुधार नआएको भन्दै श्वेताले अन्य नायिका राख्न निर्देशक सूर्य बोहरालाई सल्लाह दिए बमोजिम श्वेताको भूमिकामा प्रियंका कार्कीलाई लिइएको निर्माण पक्षले बताएको छ ।‘हेलो जिन्दगी’मा दुई नायिका हुनेछन् जसमा एक दीपिका प्रसाइं र अर्की प्रियंका कार्की । फ्रान्समा जारी कान्स फिल्म फेस्टीवलमा ब्यस्त प्रियंका कान्सको कार्यक्रमबाट फर्किएलगत्ते चलचित्र शुटिङका लागि फ्लोरमा जाने निर्देशक सूर्य बोहराले बताए ।

श्वेताको भूमिकामा यसअघि खिचिएको फिल्मको सिन हटाएर पूनः छायांकन गरिने छ ।फिल्मको सबै छायांकन लन्डनमा गर्ने तयारीमा निर्माण पक्ष थियो । तर, श्वेताको स्वास्थ्यस्थिति बिग्रिएपछि उनको भूमिकाबाहेक बाँकी अरू कलाकारको छायांकन लन्डनमा सम्पन्न गरेर निर्माण टिम दुई साताअघि काठमाडौं फर्किएको हो ।