प्रथम कञ्चन महोत्सबको सम्पुर्ण तयारी पूरा,महोत्सबमा ५० हजार दर्शक भित्र्याउने लक्ष

प्रकाशित मिति:

कञ्चन –कञ्चन सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन(४,रुपन्देहीको आयोजनामा कञ्चन गाउपालिका वार्ड नं।४ सुनगाभा चोकमा यहि जेठ १७ गते देखि जेठ ३२ सम्म संचालन हुने प्रथम कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सब २०७५ को सम्पुर्ण तयारी पूरा भएको छ।

महोत्सब ब्यबस्थापनबारे स्थानिय संचारकर्मीहरु संगको अन्तरकृयामा महोत्सब आयोजक समितिका संयोजक किरण के।सी।ले जानकारी दिनु भएको छ। लुम्बिनी भ्रमण बर्ष २०७६ लाई सहयोग पुर्याउने गरि प्रयटन तथा ब्यबसाय प्रबर्द्धन गर्ने उद्धेस्यले संचालन गरिने कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सबमा कृषि उत्पादनलाई प्रबर्द्धन गर्ने बताउनु भएकोछ।

यससंगै विभिन्न जातिय पहिचान सहितको विभिन्न सांस्कृतिक भेषभुषा र खानाको परिकार समेत महोत्सबमा राख्ने बताउदै प्रथम कञ्चन डान्स आइडियल २०७६ समेत हुने र सो प्रतियोगितामा प्रथम हुनेले रु।२५ हजार,दोस्रो हुनेले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार पाउने संयोजक के।सी।ले बताउनु भएको छ।संयोजक के।सी।ले संचारकर्मीहरुलाई महोत्सबबारे जानकारी दिदै भन्नु भयो महोत्सब आयोजना गर्नुको मुख्य उद्धेश्य बाह्य तथा आन्तरिक प्रयटक भित्र्याउने गरि निर्माण हुन थालेको सुनगाभा हर्नाचौर शान्तीपार्क निर्माण गर्नु हो।कञ्चन गाउपालिकाको समेत सहयोग रहेको मेलामा कम्तिमा ५० हजार दर्शक भित्र्याई डेढ करोड आर्थिक कारोबार गर्ने उद्देश्य रहेको र महोत्सब लगाउने मौसम नभए पनि सांझको मेला भएकोले सांझको सितलमा दर्शकहरु आउने बिश्वास गर्नु भएकोछ।महोत्सबमा कृषि उत्पादन,फेन्सी तथा कस्मेटिक,होटल तथा रेष्टुरेन्ट लगायत बाल उधान गरि ११० स्टल रहनेछन।

नेपाल मेला महोत्सब संघको ब्यबस्थापनमा संचालन हुने मेला यहि जेठ १७ गते देखि जेठ ३२ गते सम्म लाग्ने र उक्त मेलामा प्रमुख आकर्षकको रुपमा उंट प्रदर्शनको लागि राखिने बताउनु भएको छ।केन्द्रका सदस्य हुमा बेलबासेको संचालन भएको अन्तर्कृयामा नेपाल मेला महोत्सब संघका कोषाध्यक्ष दीपक दाहाल,केन्द्रका उपाध्यक्ष खेम क्षेत्रीको समेत उपस्थिति रहेको थियो।महोत्सबको उद्घाटन प्रदेश ५ का प्रयटन मन्त्री लिला गिरीले गर्ने कार्यक्रम रहेको सुनगाभा सामुदायिक बिकास केन्द्रका उपाध्यक्ष खेम क्षेत्रीले बताउनु भएकोछ।