दिनभरिका यस्ता बानीले पुर्‍याउँछन् मस्तिष्कलाई क्षति

प्रकाशित मिति:

एजेन्सी –चोट लाग्दा मात्र मस्तिष्कलाई हानि पुग्ने हैन । दिनभरिको क्रियाकलापका क्रममा हामीहरूले गर्ने गल्तीले मस्तिष्कमा खराब असर पर्छ ।चिकित्सकका अनुसार जानकारीको अभावमा मानिसले दिनभरिमा गरेका केही कामले मस्तिष्कमा प्रभाव पार्छ । यो समस्या बढ्दा स्नायुविकार हुन सक्छ । यसले गर्दा स्मरणशक्ति पनि कमजोर हुन्छ । अनि मस्तिष्कमा अन्य खराब असरहरू पर्छन् ।

पर्याप्त नसुत्दा:हामी कम्तीमा सात घण्टा नसुत्ने हो भने दिमागले आराम पाउँदैन । समय बित्दै जाँदा मस्तिष्कको काम गर्ने क्षमता घट्दै जान्छ र स्मरणशक्ति कमजोर हुन्छ ।

धेरै समय एक्लै बस्ने:धेरै समय एक्लै बस्ने मानिसमा अल्झाइमरको जोखिम बढ्छ । मस्तिष्कमा यसको खराब असर पर्छ ।

धेर जंक फूड खाँदा:जंक फूडमा एमएसजी नामक स्वादवर्द्धक कुरा मिसाइन्छ । यसले मस्तिष्कको न्युरोन रिसिभरलाई हानि पु–याउँछ । धेर जंक फूड खाँदा टाउको दुख्ने, छाद आउने र दिग्भ्रमित हुने समस्या आउँछ ।

चर्को आवाजमा गीत सुन्ने:लगातार घन्टौंसम्म हेडफोन र ईयरफोनबाट चर्को आवाजमा गीत सुन्दा मस्तिष्कको कोशिकामा खराब असर पर्छ । यसले अल्जाइमरको समस्या पनि निम्त्याउँछ ।

निष्क्रिय बस्ने:कुनै शारीरिक गतिविधि नगरिकन बस्दा मधुमेह, मुटुरोग र उच्च रक्तचापको समस्या बढ्छ । यसबाट मस्तिष्कमा पनि खराब असर पर्छ ।

चुरोट पिउँदा:चुरोट पिउँदाखेरी हाम्रो शरीरमा अनेकौं हानिकारक रसायनहरू पस्छन् । यिनले रगत गाढा बनाउँछन् जसकारण ब्रेनमा रगतको सप्लाई घट्छ । यसबाट मस्तिष्काघातको आशंका बढ्छ ।