चालिस हजार घुस दिन खोज्ने विचौलिया अख्तियारको फन्दामा

प्रकाशित मिति:

काठमाडौँ -महानगरीय प्रहरी बृत्तका प्रहरी निरीक्षकलाई घुस दिन खोज्ने बिचौलिया अख्तियारको फन्दामा परेका छन् । यो घटना महानगरीय प्रहरी बृत्त थानकोटको हो । चाउचाउमा लागूऔषध फेला परेको घटनालाई मिलाइदिनु भन्दै प्रहरीलाई प्रलोभन देखाउने बिचौलिया अख्तियारको फन्दामा परेका हुन् ।

लागूऔषध मुद्दाका थुनुवा कालीकोट राजकोट नगरपालिका( ६ का दाजु नविन शाही ठकुरीलाई भेट्न आएका भाई र उनका साथीले महानगरीय प्रहरी प्रभाग बलम्वुमा जेठ १३ गते चाउचाउको प्याकेट भित्र प्रतिबन्धित लागूऔषध नाईट्राभेट लिएर आएका भाई पुजन बम ठकुरी र उनका साथी धर्मेन्द्र लिम्बू पक्राउ परेका थिए ।प्रहरीले भाई पुजन बम ठकुरीलाई लागूऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी हिरासतम राख्यो भने पुजनका साथी धर्मेन्द्र लिम्बूलाई तत्काल प्राप्त प्रमाणको आधारमा हिरासतमा राख्नु नपर्ने देखिएकाले खोजेको बेला उपस्थित हुने गरी जिम्मा लगाई छोडिएको थियो ।

धर्मेन्द्र लिम्बूलाई जिम्मा लिई जाने जिल्ला झापा दमक नगरपालिका १६ घर भई बानेश्वर बस्ने अभिषेक कार्कीले अनुसन्धान अधिकृत प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई भेटेर गोप्य कुरा गर्नु छ, भने । प्रहरी निरीक्षक गिरीले कार्कीलाई कुरा गर्न भनेर कार्यालय प्रमुखको कार्यकक्षमा लिएर जानसाथ केस मिलाई दिनुपर्यो, ४० हजार दिन्छु भनेर तत्काल १० हजार नगद निकालेर दिन खोजेपछि प्रहरी निरीक्षक गिरीले निज बिचौलिया कार्कीलाई तत्काल नियन्त्रणमा लिइएको कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।बृत्त प्रमुख थापाले तत्कालै माथिल्लो कार्यालयलाई रिपोर्टिङ गरे पश्चात् अख्तियार दुरुपयोग अनुसन्धान आयोग टगांलको टोली तत्कालै आइपुग्यो, र घुस दिन लागेको नगद १० हजार र साथमा बोकेका १ लाख २० हजार समेत बरामद गरी अख्तियारले घुस दिन खोज्ने झापाको दमक नगरपालिका घर भई बानेश्वर बस्ने अभिषेक कार्कीलाई नियन्त्रणमा लिएको छ ।थानकोट प्रहरीले यसअघि पनि घुस दिन खोज्ने ४ जनालाई पक्राउ गरिसकेको छ ।