युरोपेली संसदका लागि भएको निर्वाचनपछि फ्रान्स र जर्मनीबीच मतभेद

प्रकाशित मिति:

एजेन्सी -युरोपेली संसदका लागि भएको निर्वाचनपछि फ्रान्स र जर्मनीबिच मतभेद देखिएको छ ।युरोपेली संघको मुख्य भूमिका कसलाई दिने भन्ने बिषयमा दुई राष्ट्रबीच मतभेद देखिएको हो । युरोपेली संसदमा दुई ठूला दल मध्य दक्षिणपन्थी र मध्य वामपन्थी गुटले बहुमत गुमाएका छन् ।

तर, उदारवादी, राष्ट्रवादी र हरित पार्टीहरूप्रतिको जनसमर्थन भने बढेको छ । जर्मन चान्सलर एङ्गेला मेर्कलले मध्य दक्षिणपन्थी उमेद्दवार मानफ्रेड वेबरलाई युरोपेली आयोगको नयाँ अध्यक्ष बनाउन खोजेको बताइएको छ ।तर मङ्गलबार भएको एक बैठकमा फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले भने वेबरलाई आफूले देखेका तीन सम्भावित उमेद्दवारका रूपमा समेत स्वीकार नगरेको बताएका छन् । ब्रसल्समा भएको युरोपेली नेताहरूको बैठकमा दुई नेताहरूको सो प्रतिकृया आएको हो । वैठकमा नयाँ राजनीतिक परिदृश्य र नयाँ नेतृत्वका बारेमा छलफल हुने अपेक्षा गरिएको थियो ।