गाजरको सेवनले मुटुरोग तथा क्यान्सरबाट बच्ने वैज्ञानिकहरुको पुष्टि

प्रकाशित मिति:

गाजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ ।गाजरका विभिन्न फाइदाहरु छन् । बैज्ञानिकहरुले गाजर खानामा समावेश गर्दा मटुरोग तथा क्यान्सरबाट बच्न सकिने यसअघि नै पुष्टि गरिसकेका छन् ।

गाजर खानाले दाँतको दोहोरो बचाव हुन्छ । जसका कारण गाजरलाई धेरैबेला सम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ । यसका साथै गाजर खानाले गिजा तथा दाँतको भित्रि भागहरुमा मसाज हुनुका साथै उक्त स्थानमा रगत संचार नियमित रुपले हुनथाल्छ ।दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । खाना खाएपछि एउटा गाजर खानाले हाम्रो दाँतलाई मजबुत बनाउनुका साथैदात चम्किलो बनाउने कामपनि गाजरले गर्दछ ।

हालसालै गरिरिएको एक अध्यननले गाजर खाने महिलाहरुमा भविष्यमा हुनसक्ने स्तन क्यान्सरको सम्भावना ६० प्रतिशतले कम हुने देखाएको छ । बैज्ञानिकहरुका अनुसार गाजरमा प्राकृतिक रुपमा पाइने रसायनले क्यान्सरको सम्भावनालाई घटाउँछ ।अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रेसनमा प्रकाशित एक रिपोर्टले स्तन क्यान्सरका लागि गाजरको प्रयोग अत्यन्त प्रभावकारी देखिएको उल्लेख छ । सो अध्ययन अनुसार गाजरमा पाइने विटा क्यारोटिनले स्तन क्यान्सर हुने सम्भावना ४० देखी ६० प्रतिशत कम हुने देखाएको छ ।बेलायतमा गरिएको सो अध्ययनमा १ हजार ५ सय स्तन क्यान्सर पिडीत महिला र त्यत्तिनै संख्यामा स्वस्थ महिला समावेश गरिएको थियो । सहभागिहरुमा बैज्ञानिकहरुले दैनिक रुपमा खाने खानाको सोध साथै रगतमा विटा–क्यारेटिनको मात्रा मापन गरेका थिए । जसबाट खानामा विटा क्यारोटिन पाइने पदार्थ जस्तै गाजर समावेश गरेका सहभागीहरुमा स्तन क्यान्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम देखियो ।गाजरमा यो बाहेक अन्य पनि थुप्रै फाइदाहरु छन् । यसमा पाइने विटा क्यारोटिनलाई शरीरले भिटमिन ए मा परिवर्तितगरि आँखा तेजिलो पनि बनाउन सहयोग गर्छ । त्यसको साथसाथै रोग प्रतिरक्षा क्षमता बढाउन पनि गाजरले मद्दत गर्छ ।