आज देखि मुग्लिङ्ग सडक १४ दिन सम्म बन्द हुने

प्रकाशित मिति:

चितवन -आज बाट पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडकखण्ड १४ दिनका लागि बन्द हुने भएको छ । त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकालेकाम छिटो सक्न सडक बन्द गरिन लागेको हो ।

चितवन र तनहुँ जोड्ने सो आर्कब्रिजको दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रको काम का लागि यस्तो सुचना जारी गरिएको छ । अज ९जेठ १६० देखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजे र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गरिनेछ ।विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै थप गरेको समय यही जेठ मसान्तमा सकिँदैछ । एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ ।