काठमाडौँ -वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनुपर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आथिएक वर्ष २०७६र७७ को बजेटमा वैदेशिक रोजगारीमा रहेका युवाले बैंकमार्फत रेमिट्यान्स पठाउने व्यवस्था मिलाइने घोषणा गरे ।
ठूला संख्यामा युवा वैदेशिक रोजगारीमा जाँदासमेत रेमिट्यान्समा खासै वृद्धि हुन नसकेपछि सरकारले उक्त व्यवस्था गर्न लागको हो ।वैदेशिक रोजगारीमा रहेका ठूलो संख्याका युवाले हुण्डीमार्फत रकम पठाउने गरेको धेरैको अनुमान भइरहेको बेला सरकारले त्यस्तो तयारी गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।