धरहराको लागि एक अर्ब बजेट विनियोजन, २ वर्षभित्र पुनस्निर्माण हुने

प्रकाशित मिति:

काठमाडौँ -धरहरा पुनर्निर्माणको काम क्रमबद्द रुपले अघि बढिरहेको छ । धरहरा पुनस्निर्माणका लागि सरकारले आर्थिक वर्ष २०७६र७७ मा एक अर्व बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६र०७७ को बजेट भाषण गर्दै धरहरा पुनस्निर्माणका लागि एक अर्व बजेट विनियोजन गरेको बताए । उनले २ वर्षभित्र धरहरा पुनस्निर्माण भइसक्ने पनि बताए ।

भूकम्पले भत्काएको करिब तीन वर्षपछि धरहराको पुनर्निर्माण सुरु भएको थियो। सोही ठाउँमा ‘नयाँ डिजाइनका साथ’ पक्की धरहरा बनाउने घोषणा गरिएको छ । ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहरा निर्माणको जिम्मा जिआइइटीसीले पाएको छ।नयाँ डिजाइन अनुसार धरहरा क्षेत्र ४२ रोपनी जमिनमा फैलने भएको छ। त्यसका लागि हाल गोश्वारा हुलाक कार्यालय रहेको भवन र वाणिज्य बैंक रहेको टक्सार भवन भत्काइने पुनर्निर्माण प्रधिकरणले जनाएको छ।१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएको थियो।