क्रिकेट रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल पक्राउ

प्रकाशित मिति:

चितवन –भरतपुर १५ मा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको जनाएको छ ।

नेकपाका नेतासमेत रहेका कँडेल बुधबार राति ११र१२ बजेतिर पक्राउ परेका हुन् । यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो ।अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही व्यक्तिले बार भत्काउने काम गरेकोप्रति स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले बार भत्काउने कार्यमा संलग्न दोषीमाथि कारबाहीको माग गरेका छन् ।

धुर्मस सुन्तली फाउण्डेशनले बनाउन सुरू गरेको यो रंगशाला गत माघ १६ गते फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो।बुधबार धुर्मस सुन्तली फाउण्डेशनले क्रिकेट रंगशाला बनाउनका लागि लगाएको बार भत्काउन आएकाहरुले फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।