नाम्स अध्यक्षमा पराजुलीको उम्मेदवारी घोषणा

प्रकाशित मिति:

बुटवल, १६ जेठ । नेपाल बजार प्रतिनिधि संघ (नाम्स) को बुटवलमा हुन गइरहेको पांचौं राष्ट्रिय महाधिवेशनमा बुटवलका सूर्य पराजुलीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । संघको महाधिवेशन यही जेठ २४ र २५ गते बुटवलमा हुंदैछ । पराजुली २०५७ सालदेखि बजार विक्रि प्रतिनिधिका रुपमा क्रियाशील छन् ।

संघमा राष्ट्रिय तथा वहुराष्ट्रिय कम्पनीका कर्मचारीका रुपमा काम गर्ने करिब एक हजार मतदाता रहेका छन् । पराजुलीले सरकारले ल्याएको सामाजिक सुरक्षा ऐन पुर्ण कार्यान्वयन, संघलाई महासंघमा लैजाने, संस्थाको आफ्नै भवन बनाउने, व्यवसायिक संघसंस्थासंग सहकार्य बढाउने लगायतका विषयहरु आफ्नो एजेण्डा रहेको बताएका छन् । संस्था र संस्थाका सदस्यलाई कुनै समस्या पर्दा रात दिन नभनी खटेर समसया समाधान गर्ने र आर्थिक अनुशासन पालना गर्ने आफ्नो स्वभाव रहेको बताउंदै पराजुलीले आफू देशभरका मतदातामाझ लोकप्रिय रहेकाले मतदान भएमा जित सुनिश्चित रहेको दावी गरे । पराजुली कुसुम फुड प्रोडक्ट ( कुसुम चिया) उद्योगमा आवद्ध छन् ।