चलचित्र ‘पोइ पर्‍यो काले’को छायाङ्कन सुरु

प्रकाशित मिति:

काठमाडौँ- चलचित्र ‘पोइ पर्‍यो काले’को छायाङ्कन सुरु भएको छ । आकाश श्रेष्ठ र पूजा शर्माले एकसाथ अभिनय गरेको गरेको यो तेस्रो चलचित्र हो । बुधवार पोखराको विन्दावासिनी मन्दिरमा क्यामेरा अन गरेर चलचित्रको औपचारिक छयाङ्कन सुरु गरिएको हो । चलचित्रमा पूजा शर्मा र अभिनेता सौगात मल्लले श्रीमान्(श्रीमतीको भूमिका निभाउने बताइएको छ भने चलचित्र उनिहरु बिच नै घुम्ने छ ।

यसैगरी सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहने चलचित्रलाई शिशिर राणाले निर्देशन गर्दैछन् जसमा कथा पनि उनकै रहेको छ । कमेडी जनरामा बन्ने यस चलचित्रमा दिपक मनाङ्गे र अ।देवि राई निर्माता रहेका छन् । यसै गरी कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार छन् ।कात्तिक ८ गते दिपावलीको अवसर पारेर प्रदर्शनमा आउने छ ।