बेलायतको मेरिलोबोन क्रिकेट क्लबको लेगेसी टुरको सुरुवात नेपालबाट हुने

प्रकाशित मिति:

बेलायतको मेरिलोबोन क्रिकेट क्लब (एमसीसी)ले विदेशी टुर प्रोग्राम अन्तर्गत लेगेसी टुर सिरिज गर्ने भएको छ। एमसीसीले आइतवार विज्ञप्ती जारी गर्दै उक्त लेगेसी टुरको सुरुवात नेपालबाट हुने जनाएको छ।

एमसीसीको टोली यसअघि २०१५ मा नेपाल आएको थियो । त्यसपछि नेपालले लड्र्समा खेल्ने अवसर पायो । आइतबार पनि एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्दैछ ।

त्यसअघि एमसीसी फाउण्डेसनले ‘लिगेसी टुर’ नेपालबाटै थाल्ने घोषणा गरेको हो । एमसीसीका सहायक सचिव जोन स्टीभनसनले भने, ‘एमसीसीको लिगेसी टुर नेपालबाट सुरु हुने घोषणा गर्न पाउँदा खुसी लागेको छ ।’

यो टुरमा एमसीसीले फन्ड संकलन गरेर क्रिकेटको विकासमा मद्दत गर्ने गर्छ।

विश्वकै पुरानो क्रिकेट क्लब एमसीसी १७८७ मा स्थापना भएको हो। सन् १८१४ मा यो क्लब लर्ड्समा सरेको थियो। क्रिकेटको घर मानिने लर्ड्स मैदान अहिले एमसीसीकै मातहतमा छ।

khelkudnepal.com bata sabhar