नवलपुरमा बस र ट्रक ठोकिँदा २ जनाको मृत्यु

प्रकाशित मिति:

नवलपरासी –नवलपुरमा बस र ट्रक ठोकिँदा २ जनाको मृत्यु भएको छ । नवलपुरको देवचुलीमा बिहिबार दिउँसो बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको भने २१ जना भन्दा बढी घाईते भएका छन् ।

दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पु¥याईएका २ जना महिलाको उपचारका क्रमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।नवलपुरको हमालचोक नजिकै ना ४ ख ५२९५ नम्बरको बसर र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थियो ।