प्रिय धुर्मुस सुन्तली किन्चित नडग्मगाउनु भत्काउनेहरुले होइन बनाउनेहरुले बनाउंछन् संसार : विश्व प्रकाश शर्मा

प्रकाशित मिति:

काठमाडौं । नेकपाका कार्यकर्ताको अकर्मण्डताले गर्दा अवरुद्ध पारिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अवरुद्ध भएको छ । बुधबार बिहान रंगशाला निर्माणस्थलको तारबार, जस्तापाताको बार लगायतका संरचनामा स्थानीय नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकर्ताहरुले व्यक्तिहरुले डोजर लगाएपछि निराश देखिएका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले सुरक्षाको प्रत्याभूति नभएसम्म परियोजनाको काम अगाडि नबढाइने भन्दै विज्ञप्ति नै निकालेका छन् ।

यसैबीच, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धुर्मुस सुन्तलीलाई ढाडस दिएका छन् । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले भनेका छन्, प्रिय धुर्मुस्सुन्तली किन्चित नडग्मगाउनु भत्काउनेहरुले होइन बनाउनेहरुले बनाउंछन् संसार  उनले हेलो सरकारलाई सम्वोधन गर्दै देश निर्माणको यात्रामा प्रेरणादायी कर्म गरिरहेकालाई निरुत्साहित पार्न प्रयत्न गर्ने जो हुन् तिनलाई कडा कार्वाही गरियोस् भनेका छन् ।