राममणि क्याम्पसलाई क्यूएए प्रमाणपत्र

बुटवल

प्रकाशित मिति:

१६ जेठ, बुटवल । रुपन्देहीको राममणि वहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ । विश्व विद्यालय अनुदान आयोगले निर्धारण गरेका शैक्षिक गुणस्तर सम्बन्धी मापदण्डहरु पूरा गरेपछि सामुदायिक स्तरबाट सञ्चालित राममणिले क्यूएए प्रमाणपत्र प्राप्त गरेको हो । २०४५ सालमा स्थापित राममणिमा हाल व्यवस्थापनमा एमबीएस, मानविकी तथा सामाजिक शाष्त्रमा एमए,चार वर्षे बीबीएस,बीए र बीएड कक्षा सञ्चालन भइरहेका छन् । यस्तै प्लस टु तहमा विज्ञान,व्यवस्थापन,मानविकी र शिक्षा संकायका कक्षाहरु पनि सञ्चालन छन् । क्याम्पसका ५ वटा ठूला तथा वहु तल्ले भवन रहेका छन् । क्याम्पसमा १२ सय ६५ जना विद्यार्थी,४४ जना प्राध्यापक र १४ जना कर्मचारी कार्यरत रहेका क्याम्पस प्रमुख मोहनराज शर्माले जानकारी दिए ।

४ वर्ष अगाडि क्यूएएका लागि प्रकृया शुरु गरेकामा यही जेठ १२ गते विश्व विद्यालय अनुदान आयोगबाट प्रमाणपत्र प्राप्त गरेको शर्माले बताए । भविष्यमा क्याम्पसलाई डिम विश्व विद्यालयका रुपमा विकास गर्ने लक्ष्य रहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणिप्रसाद पाठकले बताए । पत्रकार सम्मेट्टलनमा क्याम्पसका उपाध्यक्ष गोपाल भट्टराईले स्वागत र प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ ग्रैह्रेले सञ्चालन गरेका थिए । रुपन्देहीमा क्यूएए प्राप्त गर्ने क्याम्पस चारवटा पुगेका छन् । यसअघि लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, रुपन्देही क्याम्पस भैरहवा र सिद्धार्थ गौतम क्याम्पस बुटवलले पनि क्यूएए प्रमाणपत्र प्राप्त गरिसकेका छन् । यसैबीच क्याम्पसले क्यूएए प्राप्त गरेको खुशियालीमा बिहीबार विभिन्न संघसंस्था समेतको सहभागितामा ¥याली प्रदर्शन गरेको छ भने शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरेको क्याम्पस प्रमुख शर्माले जानकारी दिए ।