जातीय भिडन्तमा परी २२ जनाको मृत्यु

प्रकाशित मिति:

जुबा । जातीय समूहहरूबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सिमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सुडानका सूचना मन्त्री मिचेल मयौतले सिन्ह्वालाई दिएको जानकारी अनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक फरक स्थानका युवाहरू हुन् । यसअघि गत मङ्गलबार भएको अर्को झडपमा परी एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए ।

प्रवक्ता मयौतले मङ्गलबार भएको झडपका क्रममा अरु झण्डै तीन हजार जना लुटिएको पनि जानकारी दिनुभयो । “मङ्गलबार विहान सुरु भएको झडप राति अवेरसम्म चलेको थियो,” उहाँले भन्नुभयो ।

दक्षिण सुडानमा लामो समयदेखि साम्प्रदायिक झडपहरू हुने गरेका छन् । उनीहरूको भिडन्तका क्रममा सयौँ मारिएका छन् भने त्यो भन्दा धेरै घाइते भएका छन् । त्यसैगरी अरु धेरै जना लुटिएको अधिकारीहरूले जनाएका छन् ।  रासस