त्रिवेणी थारुको जिवन रक्षाको लागि अपिल

प्रकाशित मिति:

बुटवल – तिलोत्तमा नगरपालिका –१४ स्थित खैरिया रुपन्देहीका मृगौला पिडित त्रिवेणी थारुको परिवारले जिवन वचाईदिन अपिल गरेका छन ।मृगौलाको उपचार र डायलोसिस गर्दा गर्दे आफूसंग भएको ५ कट्ठा जमिन पनि सकिएपछि उपचारको लागि सहयोग गरिदिन आग्रह गरेका छन । उपचारमा अहिले सम्म ३० लाख भन्दा वढि खर्च भएको पिडित थारुले बताए ।

थारुको बुवा आमा श्रीमती र २ भाई छोरा छन । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको थारुको छोरा खेम थारुले वताए । बुवाको उपचार गर्दा पैसा सकिएपछि आफूहरुले अध्ययनलाई पुरा गर्न नसकिएको उनले बताए ।४५ वर्षिय थारुको ५ वर्षदेखी दुवै मृगौलाले काम गर्न छाडेको छ ।डायलोसिस सरकारले निशुल्क गरिदिएपनि अन्य औषधीको खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको थारुले बताए । उनले भने –कहिबाट सहयोग नपाए त्यो पनि बन्द हुने अवस्थामा छ ।’

त्रिवेणी थारुको जिवन रक्षाका लागि तिलोत्तमाका समाजसेवीले अभियान संचालन गरेका छन । तमु विद्यार्थी संघका अध्यक्ष समेत रहेका स्थानिय संञ्जय गुरुङको संयोजकत्वमा ५१ सदस्यीय अभियान टोली वनाईएको छ ।अभियानले आर्थिक संकलनको काम शुरु गरिसकेको छ । आदीवासी जनजाति महासंघ प्रदेश नं ५का सचिव मनोज रानाले सानो सानो सहयोगले चौधरीको जिवन वाच्न सक्ने हुदा सक्दो सहयोग गरिदिन आग्रह गरेका छन । तिलोत्तमा निवासी तमुछोज धिका केन्द्रिय सदस्य धनवहादुर रानाले थारु परिवारको पिडा कहाली लाग्दो रहेको बताए । उनले जिवनरक्षाको पहल गरिदिन सकै संघ संस्थाहरुलाई आग्रह समेत गरेका छन ।