घुस लिने ३ जना विरूद्ध मुद्दा दायर

प्रकाशित मिति:

काठमाडौँ –सवारी चालक अनुमतिपत्र लाइसेन्स० बनाएको ३० हजार रुपैयाँ घुस लिने ३ जना विरूद्ध मुद्दा दायर भएको छ । लाइसेन्स बनाए बापत घुष रकम लिने १ कर्मचारी र २ जना लेखापढी व्यवसायी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।

आयोगले यातायात व्यवस्था कार्यालय वीरगन्जमा कार्यरत नायव सुब्बा बद्रिप्रसाद दाहाल तथा लेखापढी व्यवसायीहरु रोशनकुरमा रौनियार र सुनिल कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुलाई अख्तियारको टोलीले केही दिन अगाडि लेखापढी व्यवसायी रौनियार र यादवलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।रौनियार र यादवको बयानका आधारमा यातायात कार्यालयको नायब सुब्बा बद्रिप्रसाद दाहालविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।