संघीयतालाई बेवास्ता गरियो : सभापति देउवा

१६ जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
54 Shares

File Image

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक संघीयतामा गइसकेकाले अब पछाडि फर्कन नसक्ने बताएका छन् । उनले संघीयता नेपालका लागि नौलो प्रयोग भएको र यसलाई कसरी सफल बनाउने, कसरी प्रदेशअन्तर्गतका जनताको भावनाअनुसार अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बेला आएको छ भने ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा आज आयोजना गरेको ‘संघीयता कार्यान्वयनका चुनौती’ विषयक विशेष अन्तक्र्रियामा सभापति देउवाले भने, “सिंहदरबारबाट मात्र सिङ्गो मुलुकको सर्वाङ्गीर्ण विकास हुन सक्दैन, सम्पूर्ण देशलाई न्याय हुन सक्दैन भनेर संघीयता आएको हो । संघीयताको महत्वपूर्ण कार्य भनेको सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा लैजानु नै हो । संघीयता स्थापनाको उद्देश्य परिपूर्ति गर्न स्थानीय जनताका माग सुनुवाइका निम्ति उनीहरुकै प्रत्यक्ष सहभागिताबाट बन्ने सरकारले नै विकास र अधिकार सुनिश्चित गर्ने सक्ने धारणा व्यक्त गर्दै उनले भने, “त्यसका लागि सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा गएको हो ।” संघीयता सफलताका लागि प्रदेशबीच एकापसमा अन्तरनिर्भरता र सहयोग पनि आवश्यक हुने उनको भनाइ थियो ।

‘संघीयतालाई बेवास्ता गरियो’
सरकार बुधबार पेश गरेको बजेट हेर्दा संघीयतालाई बेवास्ता गर्न खोजेको देखिन्छ भन्दै सभापति देउवाले बजेटले संघीयतालाई अपमान गर्न खाजेको आरोप लगाए । “सत्तारुढ दलबाटै नेतृत्व गर्ने प्रदेशका मुख्यमन्त्रीले अधिकार नपाएको गुनासो गर्न थालेका छन्, त्यसैले यो सरकार संघीयताकोे पक्षमा छैन, संघीयताको विरोधी छ, उनले थपे ।सरकार स्थानीयस्तरमा गएको अधिकार केन्द्रीकरण गर्न खोजिरहेको आरोप लगाउँदै उनले प्रदेशले संविधानअनुसारको अधिकार पाउनुपर्ने र सोहीअनुसार काम गर्न पाउनुपर्ने बताए । प्रदेश र सङ्घबीचको सहयोगको सम्बन्ध हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको सभापति देउवाले बताए । कांग्रेसले संघीयतालाई सफल बनाउन लागिपरेको बताउँदै उनले प्रदेशका पक्षमा अगाडि बढ्नुपर्ने बेला आएको छ भने । विगतमा राजाले प्रजातन्त्रसँग हिँड्न नमानेका कारण राजतन्त्र फाल्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारले आज लोकतन्त्रलाई असफल र कमजोर बनाउन लागिपरेको टिप्पणी गरे। “त्यसका लागि कांग्रेसले अर्को लडाइँ लड्नुपर्ने अवस्था आउन सक्छ”, उनले भने ।

कांग्रेसको भूमिका महत्वपूर्ण   कार्यक्रममा पार्टीका उपसभापति एवं प्रतिष्ठानका अध्यक्ष विमलेन्द्र निधिले संघीयता प्रजातान्त्रिक मोडेल भएको र नेपालमा संघीयता लागू गर्न कांग्रेसले नै नेतृत्व गरेको बताउँदै यसलाई सफल बनाउन पनि कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीको अहम् भूमिका हुने विचार व्यक्त गरे ।  सरकारका क्रियाकलाप संघीयताको भावना र मर्म विरोधी भएको आरोप लगाउँदै उनले संविधानअनुसारको अधिकार, आवश्यक जनशक्ति र पर्याप्त स्रोतसाधन नपाउँदा सातै प्रदेशले अपेक्षाकृत काम गर्न नसकेको उल्लेख गरे । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले २००७ सालमा पार्टीका नेता बिपी कोइरालाले कोरेको राजनीतिक माार्गअनुसार नै कांग्रेसको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भई सोहीअनुसार नै पार्टीकै अग्रसरतामा निर्वाचनमार्फत् संघीयता कार्यान्वयनमा आएको उल्लेख गरे । उनले संविधानअनुसार पार्टीको विधान बनाउने कांग्रेस पहिलो पार्टी भएको जानकारी गराउँदै नयाँ विधानअनुसारका पार्टीका अन्तरिम संरचना बनाउन आवश्यक छलफल र तयारी अघि बढेको बताए ।

जनताका आवश्यकता  पार्टीकी नेत्री डा आरजु देउवा राणाले सुशासन, स्रोत साधनको बाँडफाँट र परिचालन तथा भ्रष्टाचार नियन्त्रणमा वर्तमान सत्ता पक्षले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गर्दै कांग्रेसले आफू विजयी भएका स्थानीय तहमा उपर्युक्त विषय कार्यान्वयमा ध्यान दिई राम्रो काम गरेर उदाहरणीय बन्नुपर्ने सुझाव दिइन् ।  कार्यक्रममा प्रा डा लोकराज बरालले संघीयता कार्यान्वयनका चुनौतीसम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्दै संघीयताको मर्मअनुसार व्यवहारमा कार्यान्वयन नभएसम्म संघीयता दिगो नहुने बताए । संघीयताका जानकार डा रुद्र शर्माले संघीयता प्रजातन्त्रको विस्तारित रुप भएको उल्लेख गर्दै यसको सफल कार्यान्वयनका लागि कांग्रेसजस्तो प्रजातान्त्रिक शक्तिको अग्रसरताको आवश्यकता औँल्याए । वरिष्ठ अधिवक्ता डा सूर्य ढुङ्गेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संघीयतासम्बन्धी संवैधानिक र कानूनी विषयलाई जनताका आवश्यकतासँग जोडेर कार्यान्वयन गर्न सकेमात्र संघीयता सफल हुने धारणा व्यक्त गरे । कांग्रेसले गणतन्त्र दिवसका अवसरमा यही जेठ १४, १५ र १६ गते देशभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाएको छ ।hamrakura.com bata

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट
  • राप्तीमा पहिलो बौद्ध गुम्वाको शिलान्यास
  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…
  • मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइन अवलोकन