सन्नी लियोनीले नेपाली चलचित्र ‘पासवर्ड’ को गीतमा गरेको आईटम ‘डान्स’ सार्बजनिक

प्रकाशित मिति:

चर्चित पोर्नस्टार एवम् वलिउड अभिनेत्री सन्नी लियोनीले डान्स गरेको चलचित्र ‘पासवर्ड’को प्रदर्शन भदौ २७ बाट हुने तय भएको छ । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको पासवर्डलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

यस चलचित्रको एक गीतमा बलिउड अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी छिन् । चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा, विक्रम जोशी, प्रविन खतिवडा, धिरेन शाक्य, लिसा सुनार, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत लगायतले अभिनय गरेका छन् ।सनी लियोनी फिचार्ड गीत भने जेठ २० गते रिलिज हुँदैछ । एक्सन कमेडी थ्रिलर जनारामा निर्माण गरिएको चलचित्रको छायांकन नेपाल, लण्डन, स्कटल्याण्ड र माल्समा गरिएको हो ।

सीमा गुरुङको कथा, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको कोरियोग्राफी रहेको चलचित्रमा अमित बस्नेत र हिराल जोशीको लगानी रहेको छ ।