हुम्लामा दुई सातामै १५ सय भन्दा बढी पर्यटक

प्रकाशित मिति:

कैलाश मानसरोवर दर्शनको लागि हुम्लाको बाटो भएर जाने भारतीय तीर्थयात्राको लागि जाने भारतीय पर्यटकहरुको सख्यामा बृद्धि भएको छ । २ सातामा सिमकोटको बाटो भएर कैलाश मानसरोवर दर्शनका लागि बुधबारसम्म ९७ सय १ जना महिला र ८ सय जना पुरुष० १ हजार ५ सय १ जना भारतीय तीर्थयात्री र तेस्रो मुलुकका २२ पर्यटक सिमकोट पुगेका सिमकोट विमानस्थल सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक सुधीर कुमार खड्काले बताउनुभयो ।

कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटकहरु हुम्लाको बाटो भएर आउन थालेपछि सिमकोट बिमानस्थल निकै व्यस्त बनेको छ । तिब्बतको उच्च पठारमा रहेको कैलाश र मानसरोवर हिन्दु र बौद्ध धर्मावलम्बीहरुको मुख्य तिर्थटनको गन्तव्य भएकाले हरेक वर्ष भारतीय पर्यटकहरु सिमकोट हिल्साको बाटो हुदै कैलाश मानसरोवरको दर्शन गर्न जाने गरेका छन् ।समुद्र सतहबाट करीब ४ हजार ५ सय ९० मिटरको उचाईमा रहेको मानसरोवर ताल हुम्लाको हिल्साबाट ८५ किलोमिटरको दुरीमा रहेको यस सरोवर ३२० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । कैलाश पर्वत भगवान् शिवशंकरको बासस्थान र मानसरोवर तालको भगवान् शिबको स्नानस्थान हो भन्ने धार्मिक विश्वास रहेको छ ।