मुख गन्हाउने समस्याले निम्त्याउन सक्छ गम्भिर कारण

प्रकाशित मिति:

मुख गन्हाउने समस्यालाई प्राय मानिसले सामान्य रुपमा लिने गरेका हुन्छन् । मुख गन्हाउने समस्या हुँदा मुखबाट नमीठो दुर्गन्ध आउँछ । जसले मुख र शरीर स्वस्थ छैन भन्ने स्वतः बुझाउँछ । साथै, मुख गन्हाउने समस्या भएका मानिस अलि कमजोर र मानसिक रूपमा डिप्रेसनमा हुन्छन् । आफ्नो सास आफैँलाई नगन्हाउने भएकाले यसबारे थाहा पाउन दन्तचिकित्सककोमा देखाइराख्नुपर्छ ।

मुख गन्हाउने कारण

– प्याज, लसुन, मुलाजस्ता खाद्यपदार्थ नियमित खाँदा ।
– पानी कम पिउने कारण मुख सुक्खा हुनाले ।
– कफीको अत्यधिक सेवनले ।
– दाँत तथा मुख राम्रोसँग सफा नगर्दा ।
– सही तरिकाले ब्रसिङ र फ्लसिङ नगर्नाले ।
– लगाएको कृत्रिम दाँत राम्रोगरी सफा नगर्नाले ।
– लामो समयसम्म एउटै ब्रस प्रयोग गर्नाले ।
– खाना खाएपछि कुल्ला गर्ने बानी नहुँदा तथा जिब्रो सफा नगर्दा ।
– चिनी भएको चुइंगम चपाउनाले ।
– गुलियोको मात्रा अधिक प्रयोग गर्नाले ।
– गिजा सुन्निएर पाइरिया भएमा ।
– पिनासको संक्रमण भएमा ।
– धूम्रपान, मध्यपान तथा सूर्तीजन्य वस्तुको प्रयोगका कारण ।
– दाँत किराले खाएर खाल्डो भएमा ।
– मुखभित्र घाउ, खटिरा वा संक्रमण भएमा ।
– टन्सिलाइटिस भयो भने ।
– सुतेको वेला घुर्नु, मुख खालेर सुत्नु तथा मुखबाट सास फेर्ने बानी हुनु ।
– एसिडिटी हुनु अथवा पेटको अम्ल मुखमा आउनु ।
– श्वास नली र फोक्सोमा संक्रमण हुनु ।
– खाना नली र पेटमा घाउ हुनु ।
– शरीरमा चिनीको मात्रा अत्यधिक बढी वा कम हुनु ।
– पेट, फोक्सो, खानानली आदिमा क्यान्सर हुनु ।
– नाइट्रेट्स, स्लिपिङ ट्याब्लेट र भिटामिन आदि औषधि प्रयोग गर्नाले ।
– जोग्रेन सिन्ड्रोम नामक रोग लागेमा ।