यौन सम्पर्क गर्न लगाउने दुई महिला पक्राउ

प्रकाशित मिति:

काठमाडौँ, २२ साउन । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले पैसाको प्रलोभन देखाई परपुरुषसँग यौन धन्दा चलाउँदै आएका दुई महिलालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले कामनपा–२ लाजिम्पाटमा पैसाको प्रलोभन देखाई परपुरुषसँग जबर्जस्ती यौन सम्पर्क गर्न लगाउने ललितपुरकी २८ वर्षीय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षीय मन्दिरा तामाङलाई आइतबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख दानबहादुर मल्लले पक्राउ परेका महिलालाई मानव बेचबिखन ऐनअन्तर्गत कसुरमा काठमाडौँ जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए ।

sarakpatrika online bata sabhar