शरीरका यी अगंमा कोठी छन् भने हुन्छ फाइदा

प्रकाशित मिति:

एजेन्सी –सबैको शरीरमा कहीँ न कहीँ कोठी हुन्छन् । हस्तरेखा विज्ञानमा कुनै कोठी लाई कष्दप्रद र अशुभ मानिन्छ भने कुनै कोठी शुभ र लाभदायक मानिन्छ ।यदि खास अंगमा कोठी आएमा त्यो शुभ मानिने र धनप्राप्तीको अवसर मिल्ने गर्छ । यस्तो व्यक्तिमा मानसम्मान र सुखमय जीवनको सम्भावना रहन्छ ।

समुन्द्र शास्त्रका अनुसार तपाइँको नाइटोको वरिपरी कोठी आएमा शुभ र फलदायी मानिन्छ । यस्ता कोठीका कारण तपाइँको जीवनमा सुखसमृद्धि प्राप्त हुने योग रहन्छ ।पैतालाको औंलामा कोठी आएमा सम्पन्नताको योग रहन्छ र मानसम्मानको अवसर मिल्छ ।कानको माथि कोठी आएमा ज्ञानी र बुद्धिमान हुने मानिन्छ । यिनीहरु आफ्नो ज्ञान र बुद्धिका कारण धेरै धनआर्जन क्षमता राख्छन् ।ढाड पछाडि कोठी भएको ब्यक्ति महत्वकांक्षी र भौतिकवादी हुने मान्यता छ । यिनीहरु धन जोगाउनु भन्दा कमाउनतिर लाग्ने र खर्चालु हुने मान्यता छ । यिनीहरु विलासीपूर्ण जीवन विताउन चाहन्छन् ।