दुखद खबर , बझाङ्गमा घट्यो क्रुर घटना फेरी अर्की चेली आफ्नै काका बाट बलात्कृत

प्रकाशित मिति:

बझाङ-बझाङमा क्रुर घटना घटेको छ । काका नाता पर्ने पुरुषले महिलालाई गोठमा लगेर बलात्कार गरी विभत्स हत्या गरेका छन् । जिल्लाको सुर्मा गाउँपालिका वडा ४ गौखेडा बस्ने लक्की पुजाराकी करिब २५ वर्षीया श्रीमती जुना पुजाराको बलात्कार गरी हत्या भएको हो ।

उनका छिमेकी ससुरा नाताले काका पर्ने लोकेन्द्र पुजाराले जुनाको निर्मम हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीकाअनुसार बिहीबार बेलुका ४ बजे धारामा लुगा धोइरहेकी जुनाको धारामै पछाडीबाट हँसियाले सिधै घाँटीमा प्रहार गरेको र उनलाई गोठमा लगेर बलात्कार गरी नाङ्गै पारेर विछिप्त अवस्थामा छोडेको प्रहरीले जनाएको छ ।हत्या आरोपी लोकेन्द्र पुजारालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।