आजको मौसम: देशका धेरै भु-भागमा मेघ गर्जन, हावा हुरीसहित वर्षा हुने

प्रकाशित मिति:

काठमाडौँ -देशका पूर्वी र मध्य भु-भाग लगायत र पश्चिमि पहाडी भू(भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको । तर मध्य पूर्व र पश्चिमका केहि स्थानमा साथै पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन, हावा हुरीसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै साँझपख पनि मध्य र पुर्वका धेरै स्थान र पश्चिमका केहि स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । पूर्वी र मध्य भु(भाग लगायत र पश्चिमि पहाडी भू९भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।पछिल्लो २० घन्टामा काठमाडौं उपत्यकामा ५ दशमलव ५ मिलीमिटर पानी परेको महाशाखाले जनाएको छ। काठमाडौ उपत्यकाको न्युनतम तापक्रम १६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २९ देखि ३० डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ।