सरकार निरंकुश र फासीवादी बन्दै : वैद्य

प्रकाशित मिति:

बुटवल –नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले वर्तमान सरकार निरंकुश र फासीवादी बन्दै गएको बताएका छन् । उनले वर्तमान सरकारले कम्युनिष्टका नाममा सच्चा कम्युनिष्टको वद्नाम मात्रै गरेको समेत बताए । सरकारले ल्याएको मिडिया काउन्सील विधेयकले सरकार निरंकुश र फासीवादी दिशामा अघि बढेको देखिएको भन्दै वैद्यले आफ्नो पाटीर्ले विधेयकविरुद्ध पत्रकारहरुको आन्दोलनमा ऐक्यवद्धता रहेको बताए ।

सरकार एकपछि अर्को गर्दै ठूला ठूला भ्रष्टाचार काण्डमा मुछिंदै गएको र वर्तमान सरकारप्रति जनमत राम्रो नदेखिएपछि आफ्ना कमजोरी ढाकछोप गर्र्ने निहित स्वार्थले मिडिया काउन्सील विधेयक ल्याइएको वैद्यले दावी गरे । पार्टी एकीकरणपछि सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित भएको पनि उनको टिप्पणी छ । प्रचण्डले सरकारको नेतृत्व आफूलाई दिनुपर्ने अभिव्यक्ति दिएको प्रसंगमा वैद्यले यस्तो बताएका हुन् । शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले दुई पार्टी एक भइसकेपछि प्रधानमन्त्रीमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित हो भने । महासचिव वैद्यले संघीय सरकारले ल्याएको वजेट दयनीय रहेको र यसले समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा नगर्ने दावी गरे ।