​पूर्वपश्चिम राजमार्गमा यात्रु बस लुटियो

१७ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
41 Shares

file

बारा – पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडकखण्ड अन्तरगत १३ किलो जंगल नजिकै आज बिहान यात्रुबाहक रात्रि बसमा लुटपाट भएको छ ।ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक बिक्रम लामाका अनुसार निजगढबाट ७ किमी पश्चिम जंगलमा काठमाडौँबाट जलेश्वरतर्फ जाँदै गरेको ना ७ ख २७९० को रात्रि बसमा अज्ञात समुहले बिहान करिब ३ बजे लुटपाट गरेको हो ।

जीप र मोटरसाइकलमा आएको ६÷७ जनाको समुहले सडक अवरोध गरी चालकलाई कुटपिट गर्नुका साथै कन्डक्टरसँग रहेको ४५ हजार नगद र मोबाईल एक थान लुटेरे लगेको प्रहरीले जनाएको छ । बसका यात्रुले प्रतिकार गर्न थालेपछि लुटेरा समूह भागेको थियो । प्रहरीले लुटेरा समूहका एक जनालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी राखेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया