सन्दर्भ : इदुल फितरको बिदा !

प्रकाशित मिति:

इमरान खान – 

सामाजिक सन्जाल्मा सबै मुस्लिम नेता,मन्त्री ,साम्सद,पत्रकार ओकिल,सामाजिक सन्जाल्का अगुवा,जानकार , बुधिजिबी जिउ हरुको प्रतिक्रिया ,बिचार पद्ने हेर्ने मौका पाइयो । म पनि त मुस्लिम हु मलाई पनि केहि कुरा भन्न मन लागो।

मलाई लगो कि म र मेरो समाज अनि हामी कति कठै बरि रैछौ। बिदा दिने कुरा सरकारले के गरेको थियो जसलिनका लागी हामीले कुनै कसर बाकी राखेनौ। हिजो एइ सरकार ले बिदा कटौति गर्दा सास पनि अटकलेर फेर्ने नेता इनैहुन।समुदायको बिरोध को सामना गर्न नसकेर कति नेताले आफुलाई नचिन्ने ठाउमा गएर नमाज पढ्नेहरू ईनै हुन। CDO लाई हार्गुहार गरेर आफ्ना अधिकार् मागिरहेको मुस्लिमहरु माथी लठ्ठी बर्साउन लगाएर नमाज पद्ने मन्त्री अेलेपनि मन्त्रीनै छन । बिदा कटौतीको बिसयमा एक अक्षर नलेख्ने विद्वान पत्रकार पनि आज मुगद कन्ठले सरकारको जय्जकार गरेका छन।

हिजो बिदा कटौती गर्दा सम्सद मा बिराजमान विद्वान मननिये,मन्त्री जिउ हरु के हेरेर बस्नु भको थियो ? बिरोधको एक सवध सुनिएन ।उल्टो सार्बजनिक बिदा किन चाइयोर भन्ने status देखियो । मुस्लिम आयोग आफ्नो काम कर्तब्य बिर्सेर photo post मात्र गरेको गरेई छ ।एउटा आयोग ले एस्तो सामाजिक सन्जाल्मा लेख्न हुन्थ्यो कि नाईं ? आयोग सबैको साझा हो।यो आयोग को आयु 10 बर्ष हो भन्ने हेक्का सबैमा रहनुपर्छ । मुस्लिम आयोग्लाई रास्ट्रिय मुस्लिम आयोग बनाउने तिर कस्को ध्यान जानुपर्ने हो ? संविधानले निर्दिष्ट गरेका मुस्लिम समुदाय का प्रशासनिक अधिकार शैक्षिक अधिकार आर्थिक अधिकार रोजगार सम्बन्धि अधिकार कस्ले बोल्दिने हो ?

Cabinet मा सहि चल्ने मन्त्री र मुस्लिम साम्सद हरु कस्को प्रतिनिधित्व गर्दैछन?बिदा कटौति हुँदा  सामाजिक संजालका विेज्ञहरु कता लुक्नु भाथो होला? सबै कुरा छोडेर हामी सरकारले बिदा नामको हड्डी फाल्दियो तेसैमा लडाइँ गरिरहेका छौ । हामिले अब आउने 70 दिन्पछिको कुर्बानी ईदको बिदा के हुने हो?सरकार ले मुस्लिम को कटौती गरेको बिदा किन एकेपटक फिर्ता नगरेको हो ? कसैको ध्यान गाको छैन । हामिले भनेर बिदा दिएकाे भन्नेहरुले एकैपटकमा गराउन किन नसकेका हुन ? मुस्लिम समुदायको पछेमा चिन्ता गर्ने पार्टी कुनै पनि छैनन् यो कुरा मुस्लिम का नेता हु भ्न्नेले बुज्न जरुरी छ।भोट हल्दा अलग अलग लाइन्मा बसुला तर मुस्लिम को मुद्धा मा त हामी एक लाइन्मा बस्न सिकौं ।सकारात्मक सोचाइ राखौं । मुस्लिमका संबैधानिक अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ ।तेता तिर एक जुट भयेर लागौ।एसैमा सबैको भलाई छ।