नेतृत्व फेरिने विषयमा प्रधानमन्त्री ओली दिए यस्तो जवाफ

प्रकाशित मिति:

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको ‘आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको बताएका छन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग यो कुरा नयाँ नभएको बताए ।

साथै उनले आलोपालो नेतृत्व गर्ने विषय पहिले नै सार्वजनिक भइसकेको पनि बताए । उनले अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएको समेत बताए। नेकपाका अध्यक्ष दाहालले एक टेलभिजिनसँगकाे अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा भएको ‘आलोपालो सरकार चलाउने’ सहमतकिो प्रसंग उप्काउँदै दुवै अध्यक्षबीच कुनै समस्या नरहेको बताएका थिए । साथै उनले सहमतिबाट काेही पनि पछि हट्न नहुने बताएका थिए ।

प्रचण्डले जनअपेक्षा पुरा भए ओली नै पाँच वर्षसम्म अध्यक्ष हुने, यदि त्यसो नभए पार्टीले बीचमा निर्णय गर्न सक्ने बताएका थिए । उता ओलीले कुराकानीका क्रममा एकीरणका बेलाको सहमति अनुसार तपाईको प्रधानमन्त्री पद एकवर्ष मात्रै बाँकी छ रह्यो नि ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘एक वर्ष हैन ४/५ दिन मात्रै बाँकी छ’ भन्दै हाँसेर जवाफ फर्काएका थिए।

अघिल्लो वर्ष जेठ २ गतेको मितिमा हस्ताक्षरित तत्कालीन एमाले अध्यक्षओली र तत्कालीन माओवादी अध्यक्ष दाहालबीच भएकाे सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख गरिएको छ । यो सम्झाैतापत्र यसअघि नै सार्वजनिक भइसकेको थियो ।

थप समाचार