गुल्मीमा प्रथम मालिका क्वीज प्रतियोगिता हुने

प्रकाशित मिति:

डि.बी. खड्का / गुल्मी – प्रदेश नम्बर पाँचको पहाडी जिल्ला गुल्मीमा प्रथम मालिका क्वीज सञ्चालन हुने भएको छ । जिल्लाको पश्चिममा पर्ने मालिका गाउँपालिको आयोजना तथा टि. जि. मिडिया प्रा.लि. को सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिने भएको हो ।

मालिका गाउँपालिकाभित्र माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्ने उद्देश्यले प्रथम मालिका क्वीजको आयोजना गरिने भएको हो । प्रथम मालिका क्वीजमा मालिका गाउँपालिका भित्र रहेको १० वटा माध्यमिक विद्यालयको सहभागिता रहनेछ भने प्रथम ,द्वितीय र तृतीय हुनेले क्रमशः १२ हजार , ९ हजार , र ६ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । कार्यक्रम यही जेठ २२ गते मालिका गाउँपालिकाको वडा नम्बर ८ मा रहेको मालिका माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ ।