नेकपाको सचिवालय बैठक सर्‍यो

प्रकाशित मिति:

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ। बैसाख १८ मा बस्ने भनिएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिपछि २ दिन पछाडि सारिएको हो।

अर्को बैठक २० गतेका तोकिएको नेकपाका एकजना सचिवालय सदस्यले नेपाल लाइभलाई जानकारी दिए। प्रधानमन्त्री ओली भारत जानु परेकाले गृहकार्य गर्न नभ्याएको भन्दै २ दिनलाई बैठक सार्न दुवै अध्यक्ष सहमत भएको बताइएको छ। शनिबार बस्ने भनिएको सचिवालय बैठकमा पोलिटब्युरो र विभागहरु गठन गर्ने कार्यसूची तोकिएको थियो।