ट्रम्पको बेलायत भ्रमणका क्रममा सुरक्षा खर्च मात्रै १८ मिलियन पाउण्ड

प्रकाशित मिति:

लण्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सोमबारदेखि गर्ने बेलायतको राजकीय भ्रमणका क्रममा करिब १८ मिलियन पाउण्ड (२ अर्ब ३९ करोड ४१ लाख ३ हजार ८ सय ४ नेपाली रुपैयाँ बराबर) सुरक्षाका लागि खर्च हुने भएको छ ।

ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निमन्त्रणामा बेलायत भ्रमणमा जान लागेका हुन् ।ह्वाइट हाउसको एड्भान्स टिम बेलायतमा पुगिसकेको जनाइएको छ । सुरक्षा अपरेसन कस्तो हुन्छ र कस्तो खालको हार्डवेयर र स्टाफ त्यहाँ लग्ने भन्ने बारेमा त्यो टोलीले अध्ययन गर्ने जनाइएको छ ।

राष्ट्रपति ट्रम्प आफ्नो एयरफोर्स वान बिमान चढेर उत्तरी लण्डनको स्टान्स्टेड बिमास्थलमा अवतरण हुनेछन् । उनको बिमानमा शत्रुको राडारलाई जाम गर्ने व्यवस्था गरिएको छ । बीच मार्गमा नै रिफ्युलिङ्गको तथा सञ्चार उपकरणहरु लगायतका थुप्रै सुविद्या रहेको छ ।
(बीबीसी)