महिला संघको वार्षिकउत्सवमा विरामीलाइ फलफुल वितरण

प्रकाशित मिति:

नेपाल महिला संघको ७१ औ स्थापना दिबस विरामीलाइ फलफुल वितरण र प्रवचन कार्यक्रम गरेर मनाइएको छ ।  शान्ती वगैचाबाट प्रभातफेरी सुरु भइ सन्धिखर्क अस्पतालमा भर्ना भएका विरामीहरुलाइ फलफुल वितरण गरिएको थियो । फलफुल वितरण पछि अस्पताल परिसरमा प्रबचन कार्यक्रम सम्पन्न गरेको हो । प्रबचन कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति  विष्णु खनाल (मुस्कान) ले सगंठन बिस्तारमा लाग्न सबै भातृ संस्थाहरु तथा पार्टि कार्यकर्ताहरु लाई निर्देशन दिनु भएको छ । उँहाले बर्तमान सरकारले जनताका लागि महङगि र भष्टचार उपहार दिएको बताउदै आगामि ५ बर्षमा नेपाली काङ्ग्रेस पहिलो पार्टि बन्ने गरि सगंठन बिस्तार गर्नेमा जोड दिनु भएको हो ।

कार्यक्रममा पुर्व सभापति तथा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा , पुर्व सभापति तथा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल, महासमिति सदस्य केशब श्रेष्ठ महिला नेतृ लक्ष्मि श्रेष्ठ नेपाल तरुण दलका अध्यक्ष नारायण खड्का लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम महिला संघका अध्यक्ष शान्ता भन्डारिको अध्यक्षता, श्रृर्जना पोख्रेलको स्वागत र सगिता बेल्वासेको सन्चालनमा सम्पन्न भएको हो ।