गुल्मीको धुर्कोटमा १५० जनाले पाए ३० दिने रोजगारी

प्रकाशित मिति:

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । धुर्कोट गाउपालिकाका प्रमुख भुपाल पोखरेलले कार्यक्रमको सुरुआत गरे । कार्यक्रम अन्तरगत यो गाउँपालिकामा १५० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको पोखरेलले जानकार दिए । गाउँपालिकाले सडक मर्मतमा ८१ जना कामदारलाई रएक महिने रोजगारी दिएको छ ।

यस्तै शिक्षण सस्थामा १३ जना, स्वास्थ्य सस्थामा ४ जना, कृषि र पशुपालनमा १५ जना, सिँचाइ कुलो मर्मतमा १५ जना, बिद्युत मर्मतमा ७ जना, खानेपानी मर्मतमा १५ जनाले रोजगारी पाएका छन् ।