प्रथम मालिका क्वीज सञ्चालन हुने

प्रकाशित मिति:

मनोज कार्की गुल्मी गुल्मी जिल्लाको पश्चिम क्षेत्रमा बिकट गाउँपालिका भनेर चिनिने गाउँपालिकाले प्रदेश नं ५ मै पहिलो पटक प्रथम मालिका क्वीज सञ्चालन यहि जेठ २२ गते गर्ने भएको छ ।मालिका गाउँपालिकाको आयोजना तथा गुल्मी टेलिभिजनको सहकार्यमा मालिका क्वीज सञ्चालन गर्ने लागेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भित्र रहेका माध्यमिक बिधालयमा बिधार्थीहरुको किताबि ज्ञान मात्र नभई बिधार्थीहरुलाई चौतर्फि बिकासका साथै बौद्धिक क्षमता बृद्धि गर्नेको लागि मालिका क्वीजको आयोजना गरेको मालिका गाउँपालिकाका प्रमुख रित बहादुर थापाले बताए । गाउँपालिका १० बिधालयका बिधार्थीहरु सहभागि हुने छन् ।

प्रथम हुने बिधालयलाई १२ हजार पुरस्कार, द्धितियलाई ९ हजार र तृतिया हुने बिधालयलाई ६ हजार र प्रमाणपत्र दिईने र गाउँपालिकामा कार्यक्रम सञ्चालन हुने प्रमुख प्रशासकिय अधिकृत गोबिन्द्र भट्राईले बताए । कार्यक्रमको सञ्चालन गुल्मी टेलिभिजनका समाचार बाचक डिबि खड्काले गर्नेभएका छन् । मालिका गाउँपालिकाले मालिका क्वीजका लागि ८० हजार रकम बिनियोजित गरेके छ । यो क्वीज कार्यक्रम मालिका गाउँपालिकाले गुल्मीमै पहिलो र नौलो गरेको जनाएको छ । यहि जेठ २२ गते मालिका माध्यमिक बिधालय मर्भुङग सिमलटारिमा हुने क्वीज सञ्चालक डिबि खड्काले जानाकारि दिएका छन् ।