प्रधानमन्त्रिले देशमा हुकुमी शासन चलाइरहेका छन् :  शेखर कोइराला

प्रकाशित मिति:

अमृत पाण्डेय , बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्रि केपी ओलीले चलाएको शासन हुकुमी पाराको भएको बताएका छन् र्। अहिलेको सरकार संघीयता कार्यान्वयन गर्नेतर्फ गम्भिर देखिएको छैन , उनले भने , संघीयता कार्यान्वयन र सफल पार्ने जिम्मेवारी कांग्रेसको कांधमा आएको छ ।’ बजेटमा ८० प्रतिशत संघ , ६ प्रतिशत प्रदेश र १४ प्रतिशत स्थानीयलाई बांडफांड गरिएको भन्दै उनले यो बजेट संघीयताको विरुद्धमा भएको बताए । नेपाल शिक्षक संघ प्रदेश न ५ को प्रथम प्रतिनीधी सभा भेलामा बोल्दै उनले भुमाफीया, राजनितीज्ञ र व्यापारी मिलेर सरकारी जग्गा धमाधम बेच्ने काम भइरहेकाले यो सरकारले देशलाई उल्टो बाटोमा डोराइरहेको आरोप लगाए । फरक प्रसंगमा बोल्दै उनले मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोग विधेयक र प्रधानमन्त्रिले सेना परिचालन गर्ने विधेयक पास भएमा लोकतन्त्रको समाप्ती भएर देशमा निरंकुश शासन सुरु हुने उनले जिकीर गरे । लोकतन्त्रमाथि चौतर्फी हमला भइरहेकाले कांग्रेसका कार्यकर्ता सचेत हुनुपर्ने धारणा व्यक्त गरे ।

 

नेपाल शिक्षक संघ प्रदेश ५ का अध्यक्ष अमर योगीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय संघीय सांसद सन्जय गौतम, अम्रेशकुमार सिंह, प्रदेश ५ का सांसद वीरबहादुर राना , नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवन श्रेष्ठ , नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष भरत लम्साल, अमर खड्का, महासचिव सोमनाथ गिरी, नेपाल प्रेस युनियनका जिल्ला सभापति रेखा भुषाल, लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन प्रदेश महासचिव कृष्ण पंगेनीले गरेका थिए ।